:: कार्यक्षेत्र
मन्त्रालयको कार्यक्षेत्र
मिति २०६४ साल वैशाख २४ गतेको नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६४ अनुसार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले देहायका विषयहरुमा काम गर्ने गरी क्षेत्राधिकार निर्धारण गरिएको छ :
१ शान्ति स्थापना, द्वन्द्व व्यवस्थापन, विकास र द्वन्द्वबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि तत्कालीन र दीर्घकालीन नीति, रणनीति, योजना तथा कार्यक्रमको तर्जुमा कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
२ द्वन्द्वपीडित क्षेत्रको सामाजिक तथा आर्थिक विकासको नीति, रणनीति तथा कार्यक्रम
३ विस्तृत शान्ति सम्झौता लगायतका अन्य सम्झौता, सहमति र निर्णयको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
४ दिगो शान्ति कायम गर्न आवश्यक संस्थागत, प्रक्रियागत तथा प्राविधिक विषय,
५ शान्ति स्थापना तथा द्वन्द्व व्यवस्थापनसम्बन्धी अध्ययन, विशलेषण तथा अनुभवहरुको आदान-प्रदान,
६ द्वन्द्वका कारणबाट पीडित तथा विस्थापित व्यक्तिहरुको राहत पुनःस्थापन,
७ द्वन्द्व-संवेदनशील प्रणाली (Conflict Sensitivity Approach) बारे अध्ययन तथा अनुसन्धान,
८ शान्ति स्थापना एवं द्वन्द्वको व्यवस्थापन सम्बन्धी सूचना, अध्ययन सामग्री एवं अध्ययन प्रतिवेदनहरुको अभिलेख केन्द्र(Repositiry and Documentation Center) तथा शान्ति एवं द्वन्द्व व्यवस्थापनको प्राविधिक स्रोतकेन्द्रको रुपमा कार्य गर्ने विषय,
९ स्थानीय शान्ति समिति,
१० शान्ति प्रक्रिया र द्वन्द्वको संक्रमणकालीन व्यवस्थापन,
११ शान्ति तथा पुनःस्थापनासम्बन्धी परामर्श समिति,
१२ सत्य निरुपण तथा मेलमिलाप आयोग,
१३ शान्ति प्रक्रियासम्बन्धी उच्चस्तरीय अनुगमन समिति,
१४ द्वन्द्वको कारणबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनस्थापनाको योजना तर्जुमा, कार्यान्वयन तथा क्षेत्रगत निकायसंगको समन्वय,
१५ शान्ति कोषबाट हुने योजना तथा कार्यक्रमको सञ्चालन तथा अनुगमन,
१६ बिद्रोही पक्षको लडाकुको शिविर व्यवस्थापन,
१७ शान्ति स्थापना तथा द्वन्द्व व्यवस्थापनसंग सम्बन्धित सरकारी, गैरसरकारी तथा अन्तरास्ट्रिय संघ संस्थाको सर्म्पर्क विन्दु ।